अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता र नवीकरण गर्न, तराजु नाप तौल विभागबाट नवीकरण गर्न, मूल्यसूची राख्न, महँगोमा बिक्री नगर्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ।
अनुगमनमा कमलविनायक एसराज फलफूल पसलमा १५, कमलविनायक तरकारी तथा फलफूल पसलमा २०, क्लासिक फुड्स सपमा १०, सुवास फलफूल पसलमा १५, हरिन्द्र फलफूल पसलमा १८, सन्तोष फ्रुट सेन्टरमा तीन र एसपी जुस सेन्टरमा पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो।