• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

  • OVN
  • November 04, 2021
फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको बताउँदै प्रवक्ता डा पौडेलले आज विज्ञप्ति प्रकाशन गरेर खोप खरिद पक्रिया मन्त्रिपरिषद्मा नरोकिएको स्पष्ट गर्नुभएको छ ।

साथै सो विज्ञप्तिमा खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरिएको छ । 
-रासस
 

Comments