• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

फुड बैंक सञ्चालन

  • OVN
  • June 06, 2021
फुड बैंक सञ्चालन

मोरङ,  निषेधाज्ञाको अवधिमा गरीब समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन विभिन्न छ संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आजदेखि विराटनगर महानगरपालिका–५ मा फुड बैक सञ्चालनमा ल्याएका छन्। 

नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी बहुमुखी सहकारी संस्था, शिव शिखर एग्रो र गोर्खा टी एन्ड कफीले आगामी सात दिनसम्म दैनिक बिहान ७:०० देखि १०:०० बजेसम्म दुई सय व्यक्तिलाई खाद्यान्नबापत दुई किलो चामल, ५०० ग्राम दाल, एक किलो नुन र एक सय ग्राम सोयाबिन वितरण शुरु गरेको छ।

दैनिक मजदूरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकामा केही सहयोग पुगोस् भन्ने उद्देश्यअनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक सीताराम बर्तोलाले जानकारी दिनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोग अनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिनलगायत थप खाद्यान्न वितरण गरिने बताउनुभयो ।
-रासस

Comments