२१ माघ २०७९ काठमाडौं । सरकारमा सहभागिताको विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
आज बिहान १० बजे बस्नेगरी बैठक बोलाइएको छ । बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नुहुनेछ ।
सत्ता गठबन्धनमा खटपट देखिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र नेकपा एकिकृत समाजवादीसँग सहकार्य गर्न सकिने सङ्केत देखाईरहनुभएको छ ।
गृहमन्त्रीका विषयमा विवाद गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्नो समर्थन फिर्ता लिए एकिकृत समाजवादी र कांग्रेस लगायद दलसँग मिलेर अघि बढ्न प्रचण्डले एकिकृत समाजवादीलाई पनि सरकारमा सहभागिताका लागि आग्रह गर्नुभएको छ ।
आजको बैठकमा त्यही विषयमा छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि रहेको छ ।