• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

डेनमार्क युरो २०२० को सेमिफाइनलमा प्रवेश

  • OVN
  • July 04, 2021
डेनमार्क युरो २०२० को सेमिफाइनलमा प्रवेश

चेक गणतन्त्रलाई पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। 

शनिबार राति भएको खेलमा डेनमार्कले २-१ गोलको जित निकाल्दै अन्तिम चारमा स्थानका पक्का गरेको हो। 

डेनमार्कले मुख्य प्रतियोगितमा सन् १९९२ पछि पहिलो पटक अन्तिम चारमा स्थान पक्का गरेको हो।

खेलको पाँचौ मिनेटमा डेनालेले हेडमार्फत गरेको गोलबाट डेनमार्कले अग्रता लिएको थियो। 

४२ मिनेटमा डोलबर्गले अर्को गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। 

दोस्रो हाफ सुरु भए लगत्तै चेकले गोल फर्कायो। ४९ मिनेटमा प्याट्रिक शिकले चेकका लागि गोल गर्न सफल भयो। 

दोस्रो हाफमा डेनमार्कका पाउलसेनले गोल गर्न गरेको दुई प्रयासमा चेकका गोलकिपर भ्यालिसिक बाधक बनेका थिए।

अब डेनमार्कले सेमिफाइनलमा इंग्ल्यान्ड र युक्रेनबीचको खेलको विजेतासँग खेल्नेछ।

Comments