• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

चितवन–२ मा उपनिर्वाचनको मिति फैसलाको पूर्णपाठ आएपछि तय गरिने

  • OVN
  • January 28, 2023
चितवन–२ मा उपनिर्वाचनको मिति फैसलाको पूर्णपाठ आएपछि तय गरिने

काठमाडौं । रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्रै चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको प्रक्रिया सुरु गरिने भएको छ ।
 
सर्वोच्चको फैसलासँगै लामिछानेको सांसद पद खारेज भएपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको  छ । अब सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले बताउनुभयो । 
त्यसअघि सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आउनुपर्ने उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । 

आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ । तर कानुनमा उपचुनाव कहिले गर्ने भन्ने स्पष्ट व्यवस्था नभएका कारण आयोगले सरकारसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने छ । 

Comments