• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री हस्तान्तरण

  • OVN
  • June 08, 2021
चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सामग्री हस्तान्तरण

काठमाडौँ-  सत्तारुढ नेकपा (एमाले) ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गर्नुभएको  हो। 

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क एक लाख थान सामग्री हस्तान्तारण गरिएको जनाइएको छ। सो कार्यले कोभिड–१९ का विरुद्धको लडाइँमा थोरै भए पनि मद्दत पुग्ने विश्वास सो पार्टीले लिएको छ। 
-रासस

Comments