• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी गृहबाट फिर्ता

  • OVN
  • December 29, 2022
चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी गृहबाट फिर्ता

काठमाडौं । चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले फिर्ता बोलाइएको छ । 

सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियानअन्तर्गत प्रहरी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । निजामतीका चालकभन्दा प्रहरीका चालक अनुशासित हुने भएकाले गृहका कर्मचारीले प्रहरी चालक राख्दै आएका थिए । 

विगतमा पनि यस्ता चालक फिर्ता गराउने प्रयास सफल हुन सकेको थिएन । गृहमन्त्री रवि लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिएपछि मन्त्रालयमा सुरक्षामा खटिनेबाहेकका प्रहरी फिर्ता भएका हुन् । 

गाडीको सुविधा नै नपाउने गृहका कर्मचारीले पनि चालकसहित यस्तो सुविधा लिँदै आएको पाइएको छ । कार्यालय प्रमुखबाहेक सहसचिवसम्मले चालक पाउनेमा मन्त्रालयका सबैजसो उपसचिवले गाडीको सुविधा प्रयोग गर्दै आएका छन् । 

यसअघि मन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीको दुरुपयोग हुँदै आएको थियो । मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । 
 

Comments