• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बुस्टर डोजका लागि ३० लाख डोज खोप ल्याउने तयारी

  • OVN
  • December 28, 2022
बुस्टर डोजका लागि ३० लाख डोज खोप ल्याउने तयारी

काठमाडौं। सरकारले ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ । 

कोभिड–१९ विरुद्धको बुस्टर डोज दिनका लागि उक्त मात्रामा खोप ल्याउने तयारी भइरहेको हो । कोभ्याक्स सुविधामार्फत ३० लाख डोज खोप दुई साताभित्र ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । 

अल्ट्रा कोल्डचेनको क्षमतालाई हेरेर अहिलेलाई ३० लाख डोज ल्याउन लागिएको र थप खोप निरन्तर ल्याइने चौरसियाले बताउनुभयो । योसँगै सरकारले चौथो डोज खोप दिने तयारी गरेको छ, यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । पहिलो बुस्टर डोज लगाएका १२ वर्षमुनिका नागरिकलाई उक्त खोप दिइने परिवार कल्याण महाशाखाअन्तरगत खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिनुभयो । 

दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्टयाइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामीहरू, दीर्घरोग भएका बिरामीहरू, गर्भवती र स्वास्थ्यकर्मीहरू रहेका छन् । दोस्रो बुस्टर मात्राका लागि जनवरी अन्तिममा फाइजर खोप आइपुग्ने दाहालले बताउनुभयो ।
 

Comments