• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बेसीशहर–चामे सडकखण्ड सञ्चालनमा

  • OVN
  • October 10, 2021
बेसीशहर–चामे सडकखण्ड सञ्चालनमा

मनाङको मेरुदण्डको रुपमा रहेको बेसीशहर–चामे सडकखण्ड सञ्चालनमा आएको छ । लमजुङको बेँसीसहरदेखि मनाङको नासों गाउँपालिकाको सञ्चालनमा आएको छ । सडक कार्यालयले दसैँसम्म सडक सञ्चालन गर्ने लक्ष्य पूरा गरेको छ । माथिल्लो मनाङ र तल्लो मनाङ जोड्ने सडकअन्तर्गत तलेखु–भ्राताङ भिरमा सडक निर्माणाधीन अवस्था रहेको छ । उक्त सडक निर्माण भएपछि खाङ्सारसम्म सडक सञ्चालन हुनेछ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा पनि सवारी सञ्चालन भएको छ । 

सडक कार्यालयका अच्युत विलास पन्तले लक्ष्यअनुसारको काम पुरा भएको बताउनुभयो । उहाँले सदरमुकाम चामेसम्म नेपालीहरुको महान पर्व दशैं अगावै सडक सञ्चालन योजना अनुरुप काम भएको बताउनुभयो ।  

केही स्थानमा मर्मत तथा सम्भार र निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्नुका साथै सामग्री ल्याउन समेत सहज भएको उहाँले बताउनुभयो । बेसीशहर–चामे सडक खण्डको एक सय सात किलोमिटरमध्ये आधा भन्दा बढी भाग निर्माण भइसकेको उहाँले बताउनुभयो । 
-रासस

Comments