• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

  • OVN
  • July 03, 2021

आयोजक ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार विहान सम्पन्न खेलमा १० खेलाडीमा सीमित ब्राजिलले चिलीलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

दोस्रो हाफ सुरू भए लगत्तै ब्राजिलले खेलमा अग्रता लियो। ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गोल गरे।

उनी गोल गर्नुअघि रोबर्टो फिर्मिनोको स्थानमा मैदान छिरेको थियो। 

४८ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। फरवार्ड गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। 

चिलीका डिफेन्डर मेनालाई जेससको प्रहारले मुख लागेपछि रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए। 

त्यसपछि दोस्रो हाफभर चिलीले बललाई नियन्त्रणमा लिए पनि गोल गर्न भने सकेन।

अब फाइनल प्रवेशका लागि ब्राजिलले पेरूसँग प्रतिस्पर्धा गर्नेछ।

पेरूले शनिबार विहान सबेर सम्पन्न खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। 

ब्राजिल र पेरूबीचको खेल आगामी मंगलबार हुनेछ।

Comments