• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बर्ड फ्लुको पुष्टि भएपछि पशुपन्छीको ओसारपसारमा विशेष सावधानी अपनाउन अपील

  • OVN
  • February 09, 2023
बर्ड फ्लुको पुष्टि भएपछि पशुपन्छीको ओसारपसारमा विशेष सावधानी अपनाउन अपील

काठमाडौं । पछिल्लो समय नेपालका केही ठाउँमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि किसान र पन्छी तथा पक्षीजन्य उत्पादनको ओसारपसारमा संलग्न हुने सबैलाई विशेष सावधानी अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । 

सङ्क्रमण पुष्टि भएका स्थानका कुखुरा तथा अण्डा नष्ट गरिएका छन् भने पन्छीजन्य उत्पादनको ओसारपसारमा समेत रोक लगाइएको छ । विभागका अनुसार बर्ड फ्लु पुष्टी भएको पोल्ट्री फार्मलाई निःसङ्क्रमण गरेपछि त्यसको ४२ दिनसम्म सो क्षेत्रमा पशुपक्षी पालनमा निषेध लगाईन्छ । 

सङ्क्रमण पुष्टी भएको स्थानको १० किलोमिटरको परिधिलाई निगरानीमा राखिन्छ । निगरानीमा राखिएको ४२ दिनसम्म फेरि सो ठाउँमा भाइरस नदेखिए निषेध फुकुवा गर्ने प्रावधान छ । 

बर्ड फ्लु नियन्त्रणका लागि सरकारले विषेश सावधानी अपनाए पनि नेपालमा हरेक वर्षजस्तो वर्ड फ्लु सङ्क्रमण पुष्टी भईरहेको छ । खासगरि एक ठाउँबाट अर्को ठाउँमा सार्दा पन्छीमा वर्ड फ्लु सर्ने गरेको पुशस्वास्थ्य चिकित्सक नवराज श्रेष्ठले सीआईएनसँग बताउनुभयो । 
 

Comments