• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बालेन साहविरुद्ध काठमाडौँमा प्रदर्शन

  • OVN
  • January 29, 2023
बालेन साहविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ । 

मेयर साहले गैरकानुनी ढङ्गले महानगरपालिका भित्र डोजर आतङ्क फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौँको आह्वानमा आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । 

प्रदर्शनका क्रममा उनीहरूले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनीसमेत दिएका छन । मेयर साहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुनेगरी डोजर आतङ्क फैल्याउने काम गरेकाले त्यसो हुन नदिन खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनुपरेको प्रदर्शनका नेतृत्वकर्ता सुमन सायमीले बताउनुभयो ।

संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन गरेर मेयर साहले ज्यादति गरेको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

Comments