• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बाँकेमा फैलिएको दादुरा सङ्क्रमण अझैँ नियन्त्रणमा आएन

  • OVN
  • January 16, 2023
बाँकेमा फैलिएको दादुरा सङ्क्रमण अझैँ नियन्त्रणमा आएन

बाँके । बाँकेमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो २४ घण्टामा २० जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । 

यो सँगै जिल्लामा दादुरा सङ्क्रमणका बिरामीको सङ्ख्या एक सय ८० पुगेको छ । दादुराको प्रकोप नेपालगञ्जको १५ वटा वडामा फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार हाल कुनै पनि बिरामी अस्पतालमा भर्ना भने भएका छैनन् । 

५० जनाभन्दा धेरै बालबालिकाको घरमै उपचार भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।   

Comments