• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बैँकहरूमा निक्षेप थपियो, कर्जा प्रवाह सुस्त

  • OVN
  • December 28, 2022
बैँकहरूमा निक्षेप थपियो, कर्जा प्रवाह सुस्त

काठमाडौं । पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरूमा २० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । 

बैँकर्स सङ्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस १ गते ४६ खर्ब २५ अर्ब रुपैयाँ बराबर रहेको निक्षेप आठ गते सम्म बढेर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । रेमिट्यान्स आप्रवाह बढ्न थालेपछि बैंकहरूको निक्षेपमा पनि बृद्धी भएको हो । तर यही अवधिमा कर्जाको वृद्धिदर भने निकै कम देखिएको छ ।

संघको तथ्यांकअनुसार गत हप्ता २६ वटा वाणिज्य बैंकहरूले थप १ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । जसअनुसार आठ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २३ अर्ब रुपैयाँ छ । पुस १ मा यस्तो कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो ।
 

Comments