• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

भूकम्प प्रभावित टर्कीका लागि नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

  • OVN
  • February 08, 2023
भूकम्प प्रभावित टर्कीका लागि नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

काठमाडौं । भूकम्प प्रभावित देश टर्कीका लागि नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । 

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताउनुभयो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । 

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, बन्दोबस्तीका सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

Comments