• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बागमती प्रदेशका ज्येष्ठ सांसद ढुंगानाले लिए पद तथा गोपनियताको शपथ

  • OVN
  • December 28, 2022
बागमती प्रदेशका ज्येष्ठ सांसद ढुंगानाले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिनुभएको छ । 

बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउनुभएको हो ।  ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उहाँको जन्म २००६ साल असोज २ गते भएको हो ।  संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुंगानाले सभाको अध्यक्षता गर्नु हुने छ । 

प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकी सांसदहरुलाई ज्येष्ठ सांसद ढुंगानाले शपथ गराउनुहुने छ । 

Comments