बागलुङ । बागलुङ केन्द्रविन्दु भएर ३ वटा भूकम्प गएको छ ।
राति १ बजेर २३ मिनेटमा अधिकारी चउर केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसपछि २ बजेर ७ मिनेटमा खुङ्गा केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको र ३ बजेर २८ मिनेटमा अधिकारी चउर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।