• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बाढीपहिरो पीडितलाई १० लाख सहयोग

  • OVN
  • June 18, 2021
बाढीपहिरो पीडितलाई १० लाख सहयोग

काठमाडौँ-  भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि रु १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको बैठकले सो रकम एभिन्युज टेलिभिजनमार्फत प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आज एक विज्ञप्ति जारी गरी बताउनुभएको छ । परिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष पनि कोरोना सङ्क्रमण पीडितका लागि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामग्री र मास्क गरेर रु ३१ लाख ३० हजार प्रदान गरेको थियो।
-रासस

Comments