• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बढ्न थाले कोरोना सङ्क्रमित, थप ४१२ जनामा कोरोना पुष्टि

  • OVN
  • November 17, 2021
बढ्न थाले कोरोना सङ्क्रमित, थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौँ- पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३७७ सङ्क्रमित  भएकामा  आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार ९९३ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ३५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार २२३  रहेको छ । आज २०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ९१६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

एकको मृत्यु 
 
पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८३ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख १७ हजार ६१ ले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६३६ छ । अहिले होम आइसोलेसनमा सात हजार १६३, संस्थागत आइसोलेसनमा ४७३, आइसियुमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । 
-रासस
 

Comments