• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बाढी प्रभावित ४० परिवारलाई जस्तापाता सहयोग

  • OVN
  • November 30, 2021
बाढी प्रभावित ४० परिवारलाई जस्तापाता सहयोग

सिन्धुपाल्चोक- मेलम्ची–इन्द्रावती बाढीबाट पूर्णरुपमा घर क्षति भएका मेलम्ची नगरपालिका वडा नं ११ का ४० परिवारलाई आज  १२० बन्डल जस्तापाता प्रदान गरिएको छ । दोलखाको जिरी नगरपालिकामा रहेको असल मित्र नेपाल नामक संस्थाले जस्तापाता उपलब्ध गराएको हो । सो संस्थाले सिएचआइ र होप नामक संस्थाको आर्थिक सहयोगमा प्रतिघर तीन बन्डल रङ्गीन जस्तापाता बाढी प्रभावितलाई वितरण गरेको हो ।

कार्यक्रममा जिरीका नगर प्रमुख टङ्कबहादुर जिरेलले यो सानो सहयोग भए पनि यसले केही राहत मिल्ने जनाउँदै वितरित सामग्रीको सदुपयोग हुनेमा विश्वस्त रहेको बताउनुभयो । जिरी–९ का वडाध्यक्ष ज्ञानबहादुर सुनुवारले जस्ताको पूर्णरुपमा सदुपयोग गर्ने परिवारलाई आवश्यकता हेरी अन्य सहयोग गरिने बताउनुभयो । मेलम्ची–११ का वडाध्यक्ष रुद्र दुलालले सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको जस्ताले अस्थायी आवास निर्माणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । असल मित्र नेपालका बोर्ड सदस्य रुथ मुखियाले संस्थाले यस्तै सहयोगी सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो ।
- रासस
 

Comments