• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अध्यादेस ल्याउन संसद् अधिवेसन अन्त्य गर्न नहुने पूर्व सभामुख नेम्वाङको भनाइ

  • OVN
  • February 06, 2023
अध्यादेस ल्याउन संसद् अधिवेसन अन्त्य गर्न नहुने पूर्व सभामुख नेम्वाङको भनाइ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् । 

कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने उहाँले बताउनुभयो । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उहाँको भनाइ थियो । 

आज प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे । 

संसदलाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा सरकारहरूले आफु अनुकुल अध्यादेश ल्याउनका लागि हतार हतार संसद अधिवेसन अन्त्य गरेको भन्दै आलोचना हुने गरेको थियो ।
 

Comments