काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष माधवकुमार नेपालले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।
अहिले केहीबेरमा सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम चल्नेछ । १० वटा समूहले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको बैठकले विभिन्न प्रतिवेदन अनुमोदन पनि गर्नेछ । हिजोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेश गर्नुभएको हो ।