• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

  • OVN
  • December 01, 2021
अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा  राेक लगाएका हुन् । साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी  विदेशी  विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे । याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ । 

जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएकाे जनाएकाे छ । काेभिडकाे नयाँ भेरियन्ट देखिएपछि  यी दुबै देशले अफ्रिकी मुलुकसँगकाे हवाई यात्रामा राेक लगाएका  थिए ।

- एजेन्सी 

Comments