• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

  • OVN
  • June 30, 2021
अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ। अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच/पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गर्नुभएको हो।

नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच÷पाँच हजारसहित सम्मान गरिएको थियो।
-रासस

Comments