• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन नगर्न धितोपत्र बोर्डको अनुरोध

  • OVN
  • January 29, 2023
अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन नगर्न धितोपत्र बोर्डको अनुरोध

काठमाडौं। नेपाल धितोपत्र बोर्डले अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने जनाएको छ । 

बोर्डले एक सूचना जारी गर्दै बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको प्रष्ट गरेको छ । 

वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ ।

बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न लगानीकर्तालाई बोर्डले आग्रह गरेको छ ।

बोर्डले वस्तुको विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापनाका लागि पूर्व स्वीकृति लिन निवेदन दिन यही असोज २ मा सूचना प्रकाशन गरेको थियो । तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशले सम्पूर्ण प्रक्रिया स्थगित छन् । 

Comments