• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अनेकौं आक्रमण झेलेर पनि विकास र सुशासनको यात्रा बढिरहेको छ : प्रधानमन्त्री

  • OVN
  • June 22, 2021
अनेकौं आक्रमण झेलेर पनि विकास र सुशासनको यात्रा बढिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन गरपालिका–६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताउनुभयो । उहाँले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गर्नुभयो।
- रासस

Comments