• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ सर्वसम्मतिले पारित

  • OVN
  • February 06, 2023
अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताउनुभयो । 

सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारका तर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सांसद देवकोटाले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुमगन र मूल्याङ्कन हुन नसक्दा अपेक्षित लाभ हुन नसकेका सन्दर्भमा आमचासोलाई सम्बोधन गर्दै सरकारले यस विधेयकलाई अगाडि बढाइएको बताउनुभयो । 
 

Comments