• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अख्तियारमा ६ महिनामै ९ हजार भन्दा बढी उजुरी

  • OVN
  • February 11, 2023
अख्तियारमा ६ महिनामै ९ हजार भन्दा बढी उजुरी

२८ माघ २०७९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने क्रम बढेको देखिएको छ । 

भ्रष्टाचार अवधारण सूचकांकले पनि नेपालको अवस्थामा खासै सुधार नभएको देखाइरहँदा अख्तियारको तथ्याङ्कमा पनि उजुरीका चाङ पनि बढ्ने क्रममा रहेको देखिएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनयता उजुरी दिनेको सङ्ख्या अत्यधिक बढेको छ । 

साउनयता मात्रै नौ हजार बढी अनियमितता र भ्रष्टाचारका उजुरी परेको आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताउनुभयो । आयोगमा साउनयता मात्रै नौ हजार पाँच सय १३ उजुरी दर्ता भएका छन् । साउनमा दुई हजार ९०, भदौमा एक हजार ६ सय ९८ र असोजमा एक हजार एक सय ५२ उजुरी परेका थिए । 

त्यस्तै, कात्तिकमा नौ सय २९, मंसिरमा नौ सय ३८, पुसमा एक हजार ३ सय ३२ र माघको हालसम्ममा एक हजार तीन सय ७४ उजुरी परेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा २४ हजार २ सय ४१ उजुरी परेका थिए ।
 

Comments