काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको उल्लेख गर्दै अहिलेकी राष्ट्रपति भन्दा राजाको कमसेकम सान त थियो भनेर टिप्पणी गनु भएको छ।
सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग बिहिबार दिउँसो संसद भवन नयाँ बानेश्वरको हलमा सम्पादकसँगको अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रचण्डले विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनकै लागि मात्रै नबनेको दावी गरेका थिए।