• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

आजका लागि तय भएका यती एयरका सबै उडान रद्द

  • OVN
  • January 16, 2023
आजका लागि तय भएका यती एयरका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ ।
 
हिजो साँझ सूचना जारी गर्दै एयरलाइन्सले आजका लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो । 

एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ । हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको ९ एनएएनसी कलसाइनको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । 

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । 

Comments