काठमाडौं । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरूको जगेर्ना’ भन्ने मुल नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदैछ ।
दिवसको अवसरमा विशेष कार्यक्रम हुँदैछन् । विश्व रामसार सूचीमा कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, से–फोक्सुन्डो ताललगायत १० ओटा सिमसार क्षेत्र दर्ता भएका छन् भने नेपालमा करिब ४ हजार सिमसार क्षेत्र रहेको अनुमान गरिएको छ ।
पछिल्लो समय बढ्दै गएको सहरीकरण, जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिँदै गएको छ । तर पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन ।
पर्यावरण र जलाधारका लागि महत्वपूर्ण मानिने सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो । जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ ।