• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

आज विश्व क्यान्सर दिवस मनाइँदै

  • OVN
  • February 04, 2023
आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ ।

विश्वभर मनाइने यो दिवसका लागि यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ नारा तर गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।

समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ । क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने डाक्टरहरूले बताएका छन् ।

क्यान्सरबाट बच्नका लागि जाँडरक्सी र सुर्तीजन्य पदार्थ नखान, शरीरको तौल सन्तुलनमा राख्न, प्याकेटका खानेकुरा सकभर नखान पनि डाक्टरहरूले आग्रह गरेका छन् । क्यान्सरको सङ्केत देखिएमा तत्कालै उपचार गर्न उनीहरूले भनेका छन् । अहिले नेपालमै क्यान्सरको उपचार हुँदै आएको छ ।

Comments