काठमाडौं । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज प्रदेश १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा भने सफा रहने छ ।