• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

आज सेतो मच्छिन्द्रनाथ रथयात्रा

  • OVN
  • March 29, 2023
आज सेतो मच्छिन्द्रनाथ रथयात्रा

काठमाडौं ।  आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । 

आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ । 
५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म लगिनेछ । 

त्यस्तै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ ब्जेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन, चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ ।
 
चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल,  डासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

Comments