• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

आईओसीले निगमलाई पठायो पेट्रोलियमको नयाँ मूल्यसूची

  • OVN
  • January 16, 2023
आईओसीले निगमलाई पठायो पेट्रोलियमको नयाँ मूल्यसूची

काठमाडौं । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । 

नयाँ सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ । निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको जानकारी दिनुभयो । 

उहाँका अनुसार डिजेल भने प्रतिलिटर ३ रूपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । 
 

Comments