• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु-याउने सरकारको लक्ष्य

  • OVN
  • January 13, 2023
आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु-याउने सरकारको लक्ष्य

काठमाडौं । आगामी शैक्षिक सत्रमा सम्पूर्ण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु-याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

तर समयमै पाठ्यपुस्तक पाइने र पठनपाठनको काम समयमै सकिने विद्यालय, विद्यार्थीको अपेक्षा यसपाली पनि पूरा हुनेमा सरोकारवाला निकाय भने ढुक्क हुन सकेका छैनन् ।

 जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि ३ सम्मका १२ लाख थान, ४ देखि १० सम्मका २ करोड ४ लाख थान पुस्तक छाप्ने काम गरिरहेको छ । कक्षा ११ र १२ का लागि भने २४ लाख थान पुस्तक छाप्ने योजना रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिनुभयो । केन्द्रले हालसम्म ४५ लाख थान किताब छापिसकेको छ । 

गएका वर्षहरूमा देखा परेका समस्या यस वर्ष नदोहोरिने गरि काम भइरहको केन्द्रको दाबी छ । शिक्षा मन्त्रालयका अनुसार सरकारी र निजीका गरी ८२ लाख विद्यार्थी छन् । 

उनीहरू सबैको हातमा किताब पु-याउने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले दाबी गर्नुभयो । चालु शैक्षिकसत्रमा कागज अभाव र निर्वाचनका लागि मतपत्र छाप्नुपरेका कारण समयमै पाठ्यपुस्तक छाप्न नसकेको सरकारको भनाइ थियो । 
 

Comments