• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आफन्तलाई बुझाउन सुरु

कास्की । विमान दुर्घटनामा परि मृत्यु भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ । 

हिजो बेलुकी पोखरा महानगरपालिका वडा नम्बर १३ का सदाकत अलि मियाँको शव परिवारले बुझेसँगै शव बुझाउने काम सुरु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनामा अहिलेसम्म फेला परेका ७० जनामध्ये २४ शव पोखरामै परीक्षण गरी आफन्तलाई बुझाउने तयारी छ । 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि पुगेका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ । विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौँको शिक्षण अस्पतालमा परीक्षण हुनेछ । 

ती शवलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ । शव लिन हिजै नेपाली सेनाको हेलिकप्टर पोखरा... Read More