जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन
वर्लिन- जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । नयाँ नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट हालै निकाे भएका व्यक्तिलाई भने तत्कालका लागि याे प्रतिबन्ध लागू नहुने भएकाे छ । त्यस्तै, संसदबाट कानुन बनाएर नै खाेपलाई अनिवार्य बनाइने भएकाे छ ।
सरकारकाे घाेषाणासँगै खाेप नलगाएका व्यक्तिले अर्काे घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी काेभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शककाे संख्या सीमित गरिने छ ।
काेभिडकाे नयाँ... Read More
