• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

  • OVN
  • March 29, 2023
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ। 

पहिलो दिन बुधबार अपराह्न ४ बजे मछिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ।

त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क भोटाहिटी हुँदै असन पुग्नेछ। चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका पुर्‍याइन्छ।  

भोलि बिहान ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्‍याइनेछ। चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ।

चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ।

Comments