• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

  • OVN
  • April 19, 2023
राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । 

राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो । 

नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल जानुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

सचिवालयले आज विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल आज बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गर्नुभएको समेत जनाएको छ ।  
    
उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न हुनुहुन्छ । रासस

Comments