• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

  • OVN
  • April 21, 2023
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । 

उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उहाँको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो । रासस

Comments