• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

कोरोना सङ्क्रमणबाट एकको निधन, थप १२१ सङ्क्रमित

  • OVN
  • April 12, 2023
कोरोना सङ्क्रमणबाट एकको निधन, थप १२१ सङ्क्रमित

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । 

मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ । 

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । 
 

Comments