• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

  • OVN
  • April 15, 2023
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

गोलबजार । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो ।

नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिनुभयो ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुदाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ  रासस

Comments