• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

  • OVN
  • April 14, 2023
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

कास्की । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  रासस

Comments